रुपन्देही- रुपन्देही जिल्लामा जिल्ला प्रशासन कार्यालयले आफूले जारी गरेको लकडाउन पुनः थप गरेको छ ।
जिप्रकाले आज राति १२ बजेसम्मलाई जारी गरेको लकडाउन आज पुनः थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले जानकारी दिए ।
उनले भने,‘महामारी समुदायस्तरमा नियन्त्रण गर्न यही भदौ १४ गते राति १२ बजेसम्मका लागि पुनः थप गर्ने निर्णय गरेका छौँ ।’
जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको निर्णय र जिल्लामा कोभिड प्रभाव फैलिँदै गएका अवस्थालाई ध्यानमा राखी संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम विशेष आदेशमार्फत जिल्लामा थप कडाइको सूचना जारी गरिएको जनाइएको छ ।
कपिलवस्तु– जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलँदै गएकाले नियन्त्रणका लागि निषेधाज्ञा एक हप्ता थप गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।
यही भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप जारी गरिएको जिप्रकाले जनाएको छ । अहिलेसम्म जिल्लामा एक हजार ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना सङ्क्रमणकै कारण दुई जनाको ज्यान गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।