विराटनगर- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएका धरान उपमहानगरपालिका– ८ का ६८ वर्षका कोरोना संक्रमितको संक्रमितको मृत्यु भएको छ ।
२९ साउनमा कोरोना पुष्टि भएपछि उनी ३० साउनमा प्रतिष्ठान भर्ना भएका उनको अवस्था गम्भीर बनेपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।
बीपीमा प्लाज्मा थेरापी गरिएका पहिलो संक्रमित उनको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको हो ।
बीपीमा दुई जनाको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको शनिबार दिउँसो मृत्यु भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।