सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बल्ल खुल्यो चेत, काठमाडौंमा कोरोना परीक्षण गर्ने नयाँ तरिका

बल्ल खुल्यो चेत, काठमाडौंमा कोरोना परीक्षण गर्ने नयाँ तरिका

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 10.0K
    SHARES

  • बल्ल खुल्यो चेत, काठमाडौंमा कोरोना परीक्षण गर्ने नयाँ तरिका

    काठमाडौँ - उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने स्थिती सिर्जना भएपछि परीक्षणको प्रकृयालार्य फराकिलो बनाइने भएको छ ।

    उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको हो ।
      
    यस विषयमा आज नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको हो ।

    बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ सहभागी थिए।

    उपत्यकामा कोरोना संक्रमितको संख्या  दिन–प्रतिदिन बढ्दै जाँदा संक्रमण समूदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ । त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने भएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।


    मेयर शाक्यले उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ गर्ने हाम्रो योजना  रहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ७ २०७७०९:३३:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend