सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

स्वास्थ्यकर्मीसँग जाइलागे खतरा, गृहमन्त्रालयले दियो यस्तो निर्देशन

स्वास्थ्यकर्मीसँग जाइलागे खतरा, गृहमन्त्रालयले दियो यस्तो निर्देशन

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 4.2K
    SHARES

  • स्वास्थ्यकर्मीसँग जाइलागे खतरा, गृहमन्त्रालयले दियो यस्तो निर्देशन

    काठमाडौं- गृहमन्त्रालयले  स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भए तुरुन्त कारवाही गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयले आइतबार विज्ञप्तीजारी गर्दै त्यसैगरी कोरोना नियन्त्रणको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा राष्ट्र् सेवकमाथि दुव्र्यवहार भएमा तुरुन्त कारबाही गर्न सिडिओलाई निर्देशनसमेत दिएको हो ।

    त्यस्तै कोरोनाको जोखिम कम गर्न भन्दै अहिलेसम्म ४८ वटा जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ।

    त्यस्तै ७७ वटै जिल्लामा सिडिओको संयोजत्वमा अनुगमन टोली बनाएर अनुगमन पनि भइरहेको मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनको व्यवस्थापन, उद्दार, विदेशबाट स्वेदश आउनेको व्यवस्थापन, काठमाडौं उपत्यकामा क्वारेन्टाइन निर्माण लगायतका कामहरु पनि भइरहेको मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ। 

    यसैगरी मास्क प्रयोग नगरी हिँड्ने ४ लाख ६४ हजार २ सय १६ जनालाई नियन्त्रणमा लिएको र उनीहरुमध्ये ३ लाख ९० हजार ५ सय ४५ जनालाई सम्झाई बुझाई छाडिएको र ४२ हजार ६५ जनालाई मास्क वितरण गरेर छाडिएको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ८ हजार ६ सय २१ सवारी साधन तथा अनुमति बिना काठमाडौं प्रवेश खोज्ने २० हजार ८ सय ७६ जनालाई नाकाबाटै फिर्ता गरिएको मन्त्रालयले उल्लेख गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ७ २०७७०८:४५:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend