काठमाडौं- काठमाडौं उपत्यकाका निषेधाज्ञाको समयमा खाद्यवस्तुका पसल खोल्न पाइने समय थप गरिएको छ ।
अब काठमाडौंमा बिहान सवा नौ बजेसम्म खोल्न पाइने भएको हा् । सात बजेसम्म मात्रै पसल खोल्न पाइने नियम परिवर्तन गर्दै तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म खोल्न पाइने बनाएको हो ।
दूध, तरकारी, खाद्यान्न, माछामासु लगायतका खाद्यजन्य पसलको लागि यो आदेश लागू हुनेछ । पानी र स्वास्थ्य सामग्री तथा औषधि पसलको लागि भने समय तोकिएको छैन, निर्वाध रुपमा खोल्न पाइनेछ ।
उपत्यकामा सङ्क्रमण बढेपछि गएको भदौ ३ गते राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासनले माथि उल्लेखित व्यापार, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक, भौतिक दूरी कायम राख्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्ने लगायतका सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्ने गराउने व्यवस्था मिलाउन समेत भनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।