पोखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
साउन ३२ गते अस्पतालको इमर्जेन्सी विभागमा भर्ना गरिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि २ भदौमा मृत्यु भएको थियो ।
ती वृद्धको कोरोना संक्रमण देखिएर मृत्यु भएपछि आइतबार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी होटल क्वारेन्टिनमा बस्दै आएका थिए ।
कोरोना संक्रमबाट मृत्यु भएका वृद्धको कन्ट्याक ट्रेसिङमा आएका इमर्जेन्सी विभागमा कार्यरत चिकित्सकसहित प्रतिष्ठानका ५० जनाको स्वाब परीक्षण गरिएको थियो ।
आइतबार १ जना स्वास्थ्यकर्मीको पोजेटिभ आएको र केहीको नतिजा आउन बाँकी रहेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।