काठमाडौं- पछिल्लो २४ घण्टामा थप आठ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार नौ सय ३५ पुगेको छ ।
त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।