काठमाडौं- उपत्यकामा कोभिड-१९ का बिरामीलाई भर्ना गर्न परे स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने नियमको मानवविरोधी मानिएको छ ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले मन्त्रालयको यो निर्णयको विरोध गरेका छन् ।
उनले भनेका छन्, ‘यो निर्देशनको अर्थ के होरु भनेर प्रश्न गर्दै ‘बिरामी भर्ना गर्नुपूर्व अस्पताल वा बिरामीले मन्त्रालयको सिफारिस लिनुपर्ने भन्ने हो भने यस्तो विवेकहीन र अव्यवहारिक कुराको कल्पना पनि गर्न सकिन्नु, नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मेन्सन गर्दै नेता थापाले विज्ञप्तिमा लेखिएको भन्दा फरक आदि भए प्रष्ट पारिदिन पनि आग्रह गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार मन्त्रालयका चारजना अधिकारीहरुको सिफारिसमा मात्रै अस्पतालमा विरामी भर्ना गर्न पाउने निर्देशन दिएको थियो।
तर, मन्त्रालयले भने लक्षण देखिएको बिरामीलाई अस्पतालमा र लक्षण नभएकाहरुलाई आइसोलेसनमा राख्न यस्तो निर्णय गरिएको बताएको छ।
. @dhbhanu मन्त्रीज्यू,यो निर्देशनको अर्थ के हो?लेखिएजस्तो विरामी भर्ना गर्नु पूर्व अस्पताल वा विरामीले मन्त्रालयको सिफारिस लिनुपर्ने भन्ने हो भने यस्तो विवेकहिन र अव्यवहारिक कुराको कल्पना पनि गर्न सकिन्न।लेखिएभन्दा फरक आसय हो भने के भन्न खोजेको हो प्रष्ट बुझ्ने गरी भनिदिनुहोस्। pic.twitter.com/Zr484YRq5n
— Gagan Thapa (@thapagk) August 23, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।