काठमाडाैं- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारीमा सैलुन चलाउने व्याक्तिलाई कोरोना देखिएपछि कपाल काट्न गएकाको कन्ट्रयाक्ट ट्रासिंग भइरहेको नगर प्रमुख कृष्णहरी थापाले मिडिया डबलीलाई बताएका छन् ।
सरकारले सैलुन सञ्चालन खुला नगरे पनि लुकिछिपी ठाउँ-ठाउँमा सैलुन सञ्चालन भइरहेका छन्।
काँडाघारी क्षेत्रमा नगरपालिकाकै घना बस्ती भएकोले समुदायस्तरमा कोरोना फैलिन नदिन कडाइ सुरू गरिएको उनले बताए।
उनकाअनुसार वडा नम्बर ७ मा पनि कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ।
नगरपालिकामा अहिलेसम्म ७० भन्दा बढीमा कोरोना संक्रमण देखिएको र तीमध्ये करिब आधाजति निको भइसकेको र अन्य केही आइसोलेशनमा रहेको नगर प्रमुख थापाले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।