काठमाडौं - गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा भिम बिसीको संगीत, टिका खड्काको शब्द र नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।
एउटा थिएटर भित्र पुरै छायाँकन सकिएको भिडियोमा प्रथम क्षेत्री र कुसुम गुरुङको अभिनय रहेको छ । मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमीको आत्महत्यापछि आफ्नो जीवन घिटी घिटी सास मात्र अड्काएको थिम भिडियोले उठाएको छ ।
भिडियोको कथा, कोरियोग्राफी र निर्देशन समेत प्रथम क्षेत्रीले नै गरेका हुन् । फिल्म अभिनय, म्युजिक भिडियो मोडलिङ, निर्देशन, कोरियोग्राफीमा आफुलाई अब्बल साबित गर्दै अगाडि बढेका प्रथमको यो म्युजिक भिडियो र अभिनय दुबै प्रसंसनिय छन् ।
प्रोडक्सन कन्ट्रोलर चन्द्र शम्शेर केसी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन र अनन्त घिमिरेको सम्पादन रहेको छ । स्लोमोसन पिक्चर्सको ब्यानरमा बनेको भिडियोका लाइन प्रोडुसर हरि क्षेत्री, भिम केसी ‘कमल’ हुन्, भने निर्माता राजेन्द्र खड्का रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।