कपिलवस्तु- कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
पछिल्लो पल्ट थप भएको लकडाउन अवधि आज राति १२ बजे सकिँनेअवस्थामा आइतरबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले लकडाउन अवधि बढाउने निर्णय गरेको हो ।
लकडाउनलाई थप ८ दिन बढाएर भदौ १५ गतेसम्म लम्बाइएको प्रशासनले जनाएको छ। यहाँ साउन २६ गते राति १२ बजेदेखि लकडाउन जारी छ।
जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। यसलाई मध्यनजर गरी समुदायस्तरमा भाइरस थप फैलन नदिन र नियन्त्रणका लागि लकडाउन अवधि बढाइएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।