रौतहट- रौतहटको गढिमाई नगरपालिका( ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया बाग्मती नदीमा डुबेर बेपत्ता भएका छन् ।
रौतहटको धर्मपुरमा रहेको बाग्मती नदीमा उनीहरु बेपत्ता भएको रौतहट प्रहरीले जनाएको छ ।
डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिका डुब्दै गरेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।