पर्सा- कोरोनाको हटस्पट बन्दै गएको पर्सामा उपचारकै क्रममा वीरगंजको कोभिड अस्पतालबाट २ जना कोरोना संक्रमित फरार भएका छन् ।
जिल्ला प्रहरी र्कायलय पर्साका अनुसार छोटु तिवारी र रामु माझी दुई कोरोना संक्रमित फरार भएका हुन् । उनीहरु प्रहरीको थुनामा रहेको थिए । उपचार गर्न ल्याएपछि उनीहरु प्रहरीबाट जोगिन अस्पतालबाटै फारार भएको बताइएको छ ।
दुई जनै सार्वजनिक मुद्दामा पक्राउ भई थुनुवा कैदी हुन् । वीरगन्जका विभिन्न कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको उपचारका लागि वीरगन्जको नारायणी कोभिड अस्पतालमा भर्ना गराइएको पर्साका प्रहरी नायब उपरीक्षकले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।