बेंसीशहर- बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आइतबार बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ।
बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो।
थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो। भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।
अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ। मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ।
‘वन ऐनअनुरुप उहाँहरुले त्यसको व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।