सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

उपाध्यक्ष ढुङ्गेललाई कोरोना सङ्क्रमण पुष्टि

उपाध्यक्ष ढुङ्गेललाई कोरोना सङ्क्रमण पुष्टि

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 3.4K
    SHARES

  • उपाध्यक्ष ढुङ्गेललाई कोरोना सङ्क्रमण पुष्टि

    ओखलढुंगा - लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना  रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र  सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएकी थिइन् ।

    गाउँपालिकाको कामका सिलसिलामा काठमाडौं पुग्दा उहाँको स्वास्थ्यमा  समस्या देखिएपछि स्वाब परीक्षण भएको र  नतिजा पोजेटिभ  आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

    उपाध्यक्ष ढुङ्गेल स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेकी छिन्  । “स्वास्थ्यमा खासै समस्या रहेको छैन । घरैमा बसेर आराम गरिरहेकी छु । छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु” उनले भनिन् ।

    यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङ्क्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा  कोरोनाको सङ्क्रमण देखिएको थियो ।  जिल्लामा अहिले दुई  सक्रिय कोरोना सङ्क्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ७ २०७७०३:०४:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend