सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राष्ट्रिय वाणिज्य बैंकको यो शाखाका कर्मचारीम कोरोना पुष्टि  

राष्ट्रिय वाणिज्य बैंकको यो शाखाका कर्मचारीम कोरोना पुष्टि  

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 5.3K
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंकको यो शाखाका कर्मचारीम कोरोना पुष्टि  

    काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् ।  

    यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् । क्यासियर पदमा कार्यरत महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भन्दै पाँच दिनका लागि बैंक कारोवार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताए ।

    जिल्लामा अहिलेसम्म ८०० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालको पिसीआर ल्याबमा गरिएको कोरोना परीक्षणमा निज महिला कर्मचारीसहित १८ अन्य व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

    उनका अनुसार पिसीआर परीक्षणमा जिल्ला प्रहरी कार्यालयका दुई पुरुष तथा एक महिलामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र ६ २०७७०९:२८:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend