काठमाडौं- तेल र ग्यास सहयोग सम्बन्धी नेपाल भारत संयुक्त कार्य समुहको दोस्रो बैठक भिडियो सम्मेलनमार्फत सम्पन्न भएको छ ।
भारतका तर्फबाट पट्रोल तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव बी एन रेड्डी र नेपालकातर्फबाट वाणिज्य उद्योग तथा आपुर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको ध्यक्षतामा बैठक भएको थियो ।
त्यस्तै भिडियो सम्मेलनमा भारतीय दुतावासका अधिकारीहरु, भारतीय सार्वजनिक ग्यास र तेल कम्पनीहरु (आईओसीएल, जीएआईएल, एचपीसीएल) र नेपाल भारतका वाणिज्य र विदेशमन्त्रालयका अधिकारीहरुको सहभागिता रहेको थियो ।
बैठकले सन् २०१९ को सेप्टेम्बरमा दुवै देशका प्रधानमन्त्रीहरुले उद्घाटन गरेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पदार्थ पाइपलाईनको कार्यमा सन्तुष्टि जनाएको छ ।
दक्षिण एसिया क्षेत्रकै पहिलो पेट्रोलियम पाइपलाईले नेपालको अधिकांस इन्धन आपुर्ति गरिरहेको छ । यसले भविष्यमा थप पेट्रोलियम र उर्जाका क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गराएको अधिकारीहरुले बताएका छन् ।
बैठकमा नयाँ पेट्रोलियम पाइपलाईनको सम्भावनाका विषयमा पनि कुरा भएको छ । त्यस्तै नेपाल भारतबीच इन्धनका क्षेत्रमा थप सहकार्य हुने कुरामा पनि छदफल भएको छ ।
इन्डियन ओएल कर्पाेरेसन र नेपाल ओएल कर्पाेरेसनबीच पूरानो सहकार्यलाई थप सुदृढ र बलियो बनाउँनका लागि नेपाल भारत संयुक्त कार्य समुहको सथापना २०१७ मा भएको थियो ।
समुहको पहिलो बैठक यसै वर्षको जेनवरी ४ मा नयाँ दिल्लीमा भएको थियो । बैठकमा दुवै पक्षले पेट्रोलियम क्षेत्रको सहकार्यलाई अझैं सुदृढ पार्न आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।