ओखलढुंगा- ओखलढुंगामा सुत्केरी भएकी महिलाको रक्तस्राव नरोकिएपछि नेपाली कांग्रेसका नेता एवं पूर्व सासंद रामहरि खतिवडाले हेलिकप्टरमार्फत उद्धार गरेका छन् ।
जिल्लाको मानेभञ्ज्याङ-०१ मोलिकी पातली श्रेष्ठ राइकाे मिसन हस्पिटलमा भएकाे अप्रेसनपछि रक्तस्राव नरोकिदा यहाँ उपचार सम्भावना नभएछि थप उपचार गर्न काठमाडौं लगिएको हो ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले हेलिकप्टर पठाएर बीना शुल्क लकडाउनको बेलामा पनि उद्धार गरेका हुन् ।
राइलाई थप उपचारको लागि काठमाडौं ल्याउन हेलिकप्टर पठाएका खतिवडाले बहिनीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको पहलमा सम्पुर्ण खर्च महिला तथा बालबालिका मन्त्रालयले बेहोर्ने खतिवडाको स्वाकिय सचिव हुकुम राइले जनकारी दिएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।