ओखलढुंगा– मानेभञ्ज्याङ–६ मा स्वास्थ चौकीको नयाँ भवनको निर्माणको लागी चन्द्र बहादुर राई र रामजना राई दम्पतीले १ रोपनी ४ आना दान गरेको छन् ।
२०५३ सालमा तत्कालिन जिविस सभापति महेश कर्मोचाले उद्घाटन गरेको उप–स्वास्थ चौकी निर्माणका लागि जग्गा अभाव हुँदा अहिलेसम्म बन्न सकेको थिएन।
तत्कालीन गाविस अध्यक्ष स्व. मान बहादुर राई र स्व.चन्द्र बहादुर राईको सक्रियतामा त्यो बेला बनेको स्वास्थ चौकी यसको स्तर उन्नती गर्ने चन्द्रबहादुर राईको ठुलो सपना थियो।
राईको सपना पुरा गर्ने आफ्नो दायित्व रहेको उनका छोरा तथा नम्बर ६ को वडा अध्यक्ष हेमराज राईले बताए। जग्गा दाता चन्द्र बहादुर राई २०६१ मा स्वार्गरहण भएको थियो ।
उनी मलायन लाहुरेबाट अवकास प्राप्त राई अवकासपछि सामाजिक सेवामै समर्पित थिए।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।