काठमाडौं– महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोलबढाबढ लिलामीमा गान्धीको चस्मा अमेरिकी नागरिकले किनेका हुन् ।
इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा रहेको बताएका थिए । सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बिबिसीले उल्लेख गरेको छ ।
दक्षिण अफ्रिकामा काम गर्ने बेला गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको ती वृद्धले बताएका छन् । सन् १९१० देखि १९३० को अवधिको समय थियो त्यो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।