सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंमा कोरोनाको उच्च जोखिम, देखिए देशकै बढी संक्रमित

काठमाडौंमा कोरोनाको उच्च जोखिम, देखिए देशकै बढी संक्रमित

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ५ २०७७

  • 4.6K
    SHARES

  • काठमाडौंमा कोरोनाको उच्च जोखिम, देखिए देशकै बढी संक्रमित

    काठमाडौं- काठमाडौं जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या देशमै सबैभन्दा बढी रहेका छ । काठमाडौं जिल्लामा मात्रै २ हजार बढी सक्रिय संक्रमित रहेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या सबैभन्दा बढी काठमाडौंमा रहेका हुन्। काठमाडौमा २ हजार १ सय सकृय संक्रमित रहँदा पर्सामा १४ सय सक्रिय संक्रमित छन्। त्यसैगरी रौतहटमा सक्रिय संक्रमितको संख्या ९ सय ३२ रहेको छ। 

    कोरोना समुदायमा फैलिएको मोरङमा पनि सक्रिय संक्रमितको संख्या ८ सय ५३ छ। अर्कातिर महोत्तरीमा ६ सय ९८ र सर्लाहीमा ६ सय जना सक्रिय संक्रमित रहेका छन्।  


    पछिल्लो २४ घण्टामा देशभरमा ८ सय ३८ थपिएसँगै नेपालमा संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ। मन्त्रलायको तथ्यांक अनुसार हाल देभर १ सय ४८ जना कोरोनाको कारण गम्भीर बिरामी भएका छन्।  

    जसमा १ सय ३३ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ। १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्‍वर गौतमले जानकारी दिए।

    सरकारले संक्रमितमध्ये लक्षण नभएकालाई अस्पताल भर्ना नगर्ने नीति लिएपछि करिब आधा होम आइसोलेसनमा बसिरहेका छन्।  काठमाडौंमा पनि आधाभन्दा धेरै संक्रमित होम आइसोलेशनमा बसेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ५ २०७७०९:३६:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend