काठमाडौं- कोरोना भाइरसको माहामारीको नियन्त्रणका लागि सरकारले अहिलेसम्म १२ अर्ब रुपैयाँ खर्च गरिसकेको विवरण सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार अर्थमन्त्री डा युवराज खतिवडाले अहिलेसम्म ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च भएको बताएका हुन् ।
साउन अन्तिमसम्म खर्च भएको यो खर्चमध्ये संघीय सरकारको तर्फबाट ५ अर्ब ८५ करोड मात्रै भएको मन्त्री खतिवडाले बताए ।
त्यसरी खर्च गर्नेमा स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले २ खर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख, पर्यटन मन्त्रालयल ४ करोड ४९ लाख, सहरी विकास मन्त्रालयले १ करोड २९ लाख, कोभिड कोषको अन्य खर्च अन्तर्गत (जुन पैसा स्थानीय तह र प्रदेशलाई समेत दिइएको छ।) १ अर्ब ३ करोड रुपैयाँ रहेको खतिवडाले जानकारी दिए।
हेर्नुहोस् पूर्ण विवरण:

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।