सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सबै कोरोना संक्रमितलाई अस्पताल भर्ना नगरिने, सरकारले गर्याे यस्तो निर्णय !

सबै कोरोना संक्रमितलाई अस्पताल भर्ना नगरिने, सरकारले गर्याे यस्तो निर्णय !

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ५ २०७७

  • 6.7K
    SHARES

  • सबै कोरोना संक्रमितलाई अस्पताल भर्ना नगरिने, सरकारले गर्याे यस्तो निर्णय !
    सांकेतिक तस्बिर

    काठमाडौं- सरकारले सबै कारोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने भएको छ । 

    संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको छ ।

    अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र कोभिड–१९ उपचारका लागि  तोकिएको अस्पतालहरुमा राखिने भएको हो ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमै बस्न सक्ने अवस्था भएमा समेत त्यस्तै गराउने निर्णय गरेको छ ।

    प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई पनि जोखिमको मूल्यांकन गरेर आइसोलेसन सेन्टरहरु बनाउन भनिएको छ । त्यस्तै निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानले कोभिड अस्पताल बनाउन सक्ने सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताएका छन् । 

    मन्त्रिपरिषद्को बैठकले आईसीयू, भेन्टिलेटर र अक्सिजन र त्यसका लागि चाहिने जनशक्तिको प्रबन्ध गर्न पनि स्वास्थ्य मन्त्रालयलाई भनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend