सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

खुल्यो वाह्य उडान- १६ गतेदेखि यी देशबाट नियमित

खुल्यो वाह्य उडान- १६ गतेदेखि यी देशबाट नियमित

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ५ २०७७

  • 10.7K
    SHARES

  • खुल्यो वाह्य उडान- १६ गतेदेखि यी देशबाट नियमित

    काठमाडौं- बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले  भदौ १६ गतेदेखि विभिन्न देशमा नियमित उडान गर्ने दिने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता डा युवराज खतिवडाले भदौ १६ बाट नियमित उडानको तालिका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण गर्ने बताएका हुन् ।

    मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हो।

    साउदी अरब, कतार र कुवेत जस्ता पीसीआर परीक्षण सहज नभएका देशमा नियमित उडान नहुने डा खतिवडाले जनाएका छन्। यस्तो देशमा सम्बन्धित देशमा रहेको नेपाली दुतवासले चार्टर्ड उडान गर्नेछन्।

    सरकारले उडानका लागि केहि कन्डिसनहरु भने राखेको छ । नेपाल आउन पाउनेको संख्या दैनिक पाँच सय मात्रै तोकेको छ । त्यस्तै कुनै पनि एयरलाइन्सले दिनमा एक भन्दा बढी उडान गर्न पाउने छैनन्। एक सातामा सात मात्रै उडान भर्न पाइने छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend