काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ल्याब टेस्टमा मात्र ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त खर्चमा जम्मा ३० हजार ४ सय ८३ जना व्यक्ति कोरोना पोजिटिभ देखिएको बताएका हुन् ।
हालसम्म नेपालमा ५ लाख ७९ हजार ८९९ वटा पीसीआर परीक्षण गरिसकेको छ । ५ लाख परीक्षण गर्दा ३ अर्ब खर्च भएको हो भने ३० हजार संक्रमित भेटिएका हुन् ।
एउटा परीक्षणमा नेपाल सरकारको ५ हजार ५०० रुपैयाँ खर्च हुने मन्त्रालयले बताएको छ।
यसको मतलब एउटा टेस्ट पोजिटिभ भेट्नको लागि सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ।
एक जनालाई आईसीयूमा राख्नुपर्दा सरकारले ३० दिनको लागि ४ लाख ५० हजार तिर्नुपर्ने हुन्छ। कोरोनाको जाँच गरेर पोजिटिभ पत्ता लगाएर उपचार गर्नु खर्चिलो भएकाले जरुरी काम नपरी घरबाट ननिस्किन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ८३८ जना संक्रमित भेटिएका छन् भने केही दिनयता आईसीयूका बिरामी बढ्न थालेका छन्। प्रदेश १ मा १६, २ मा ४६, वागमतीमा ५२, गण्डकीमा ६ र प्रदेश ५ मा १३ गरी जम्मा १३३ जना आईसीयूमा उपचाररत छन्। त्यस्तै १५ जना भेन्टिलेटरमा छन्। उनीहरु सबै वागमती प्रदेशका हुन्।
देशभर मोरंग, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौंमा ५ सय बढी संक्रमित छन्। संक्रमण नभएका जिल्लामा भोजपुर, मुस्तांग, म्याग्दी र हुम्ला छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।