काठमाडाैं- पछिल्लो २४ घण्टामा देशभर गरिएका परीक्षणमा थप आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसमेत शुक्रबारसम्म संक्रमित हुनेको संख्या ३० हजार चार सय ८३ पुगेको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार थप दुई सय आठजना संक्रमित भएका छन् ।
काठमाडौं जिल्लामा एक सय ८२, ललितपुरमा २५ र भक्तपुरमा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।