गुल्मी- गुल्मीमा मदिरा सेवनका कारण २ जनाको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवनका कारण गुल्मीको इश्मा गाउँपालिका–२ पालुखाका ३१ वर्षीय चुराबहादुर कुँवर गएराति आफ्नै बारीमा मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै मालिका गाउँपालिका वडा नं ७ घमिरका ३६ वर्षका बकबहादुर विक शुक्रबार बिहान भानुपोखरामा मृत फेला परेका छन् ।
विक पनि मदिरा सेवनकै कारण भानुपोखरामा रहेका लक्ष्मी होटल नजिकै उनी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
अत्यधिक मात्रामा मदिरा सेवन गर्दा ज्यानै जानसक्ने सम्भावा देखिएकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।