काठमाडौं- तीजमा विभिन्न मनोकामना राख्दै नारीहरु व्रत बस्ने चलन रहेको छ । यद्यपी यसपटक पुरुष पनि व्रत बसेका छन् ।
गायक प्रमोद खरेलले आफु व्रत बसेको जानकारी दिएका छन् । उनले श्रीमती लामो समयदेखि बिरामी भएको भन्दै यसपटक उनी व्रत बस्न नसक्ने र आफु श्रीमतीको लागि व्रत बसेको बताएका हुन् ।
गायक खरेलले, ट्विटरमा भनेका छन् 'श्रीमतीले आजको दिन सधैं श्रीमानका लामो आयुको लागि व्रत बस्छन्। तर उनी बिरामी भएको ३ महिना भयो। सुधार धेरै भए पनि उनी यसपालि सक्दिनन्,'प्रमोदले लेखेका छन्,'यसपालि म उनका लागि किन नबस्नेरु यसपालि मैले उनकै लागि व्रत बस्दैछु।'
झन्डै अढाइ महिनाअघि खरेल दम्पत्ति छोरी प्रत्यासीका आमाबुवा बनेका थिए। बच्चा जन्मने बेला श्रीमतीको शल्यक्रिया गर्नु परेकाले सुत्केरी अवस्थाबाट तंग्रिन दीपालाई लामै समय लागेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।