आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवालाई हराउनैका लागि निधीलाई अघि सारिँदै, यस्तो रहेछ नालिबेली 

देउवालाई हराउनैका लागि निधीलाई अघि सारिँदै, यस्तो रहेछ नालिबेली 

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ५ २०७७

  • 11.6K
    SHARES

  • देउवालाई हराउनैका लागि निधीलाई अघि सारिँदै, यस्तो रहेछ नालिबेली 

    काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधीका कारण समस्यामा परेका छन्। १४ औं महाधिवेशनमा सभापतिमा लड्ने निर्णय सुनाएका निधीका कारण देउवा समस्यामा परेका हुन्।

    महाधिवेशन तोकिएको मिति फागुनमा हुने अनिश्चित भए पनि निधिले सभापतिमा उम्मेदवारी दिने निश्चित भएको छ । केही साताअघि निधिले महामन्त्री डा. शशाङ्क कोइरालासँग भेट गरी आफूलाई सभापतिमा समर्थन गर्न माग गर्दा त्यसबेला गम्भीरतापूर्वक लिइएको थिएन ।

    यसलाई देउवाको कुनै चालको रूपमा हेरिएको थियो । तर देउवालाई नै भेटेर सभापतिको उम्मेदवार बन्ने जानकारी गराएपछि निधि साँच्चै अगाडि सरेको ठानिएको छ ।

    निधि यसरी अचानक सभापतिको उम्मेदवार बन्न अग्रसर हुनुका पछाडि विभिन्न कारण रहेको पाइएको छ । त्यसको पहिलो कारण कांग्रेसको परिमार्जित विधानलाई मानिएको छ । पहिले उपसभापति र महामन्त्री जस्ता पदमा मनोनयनद्वारा पूर्ति गरिन्थ्यो, परिमार्जित विधानअनुसार उपसभापति र महामन्त्री जस्ता पदहरूमा पनि निर्वाचनका माध्यमबाट मात्र चयन हुन सक्नेछ ।

    विमलेन्द्र निधि काङ्ग्रेसभित्र एक साम्प्रदायिक र अति चतुर व्यक्तिका रूपमा चिनिन्छन् ।  सुशील कोइरालाले धेरै पहिले नै खतरनाक भनेर चिनेको भए पनि शेरबहादुर देउवाले चाहिँ अहिले आएर चिनेका छन् ।

    देउवा गुटबाट अरु कसैले उम्मेदवारी नदिएको अवस्थामा सभापति पदमा पुनः देउवाकै विजय हुने विश्वास गरिन्थ्यो । निधिको उम्मेदवारीले देउवाको मात्र मत काट्ने भएकोले देउवालाई पराजित गराउनका निमित्त नै देशबाहिरबाट अघि सारिएको पात्रका रूपमा निधिलाई हेरिएको छ । तर सभापतिमै उम्मेदवारी दिनुपर्ने निधिका आफ्नै बाध्यता पनि छन् । 

    नेपालबाहिरका शक्तिहरू काङ्ग्रेसमा देउवालाई सहयोग नगर्ने, बरु कोइरालाहरू मध्ये कसैलाई सभापति बनाउने पक्षमा रहेको बुझिन्छ । शेखर कोइराला या शशाङ्क कोइराला, जसलाई सभापति बनाउनु परे पनि देउवाको पराजय निश्चित तुल्याउनुपर्ने हुन्छ, त्यसनिम्ति विमलेन्द्र सबैभन्दा उपयुक्त व्यक्ति ठानिएका हुन् र, अगाडि सारिएका छन् ।

    यसरी देउवालाई पराजित गर्न विमलेन्द्र अघि सारिएपछि सिथिल भइसकेका रामचन्द्र पौडेल र शशाङ्क कोइरालासमेत सभापतिमा उम्मेदवारी दिन कस्सिएका छन् ।

    उता कृष्ण सिटौला र गगन थापाहरू पनि सभापतिमा उम्मेदवारी दिने तयारी गर्दैछन् । काङ्ग्रेसको महाधिवेशनमा देउवाका अतिरिक्त थप कम्तिमा पाँच जनाले सभापतिमा उम्मेदवारी दिने सम्भावना देखिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १६ २०७७०५:२१:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend