सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पाकिस्तानीको ठगि धन्दाले पाटन अस्पतालमा उथलपुथल, ललितपुर प्रहरीले दियो यस्तो जानकारी

पाकिस्तानीको ठगि धन्दाले पाटन अस्पतालमा उथलपुथल, ललितपुर प्रहरीले दियो यस्तो जानकारी

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ५ २०७७

  • 11.1K
    SHARES

  • पाकिस्तानीको ठगि धन्दाले पाटन अस्पतालमा उथलपुथल, ललितपुर प्रहरीले दियो यस्तो जानकारी
    फाइल तस्वीर

    काठमाडौं– पाटन अस्पतालमा पाकिस्तानी नागरिकले गोरखाका रामचन्द्र मेहतालाई ठगि गरेका छन्। अस्पताल बसाइको क्रममा अस्पतालको कुरुवा कोठामा पाकिस्तानी नागरिक अहमद वारलेससँग मेहताको चिनजान भयो।

    वारलेसले पनि आफ्नो बच्चा र श्रीमती बिरामी भएकाले अस्पताल बसिरहेको बताए। श्रीमतीको भेन्टिलेटरमा र बच्चाको नर्सरीमा उपचार भइरहेको बताए।

    अस्पतालको कुरुवा कोठामा केही दिन सँगै बसिसकेपछि अहमदले उपचार खर्च नपुगेको भन्दै रामचन्द्रसँग पैसा मागे। घरबाट पैसा आएपछि तिर्ने उनको सर्त थियो। २०७७ असार ६ गतेदेखि रामचन्द्रले ती पाकिस्तानीलाई रकम दिन थाले। साउन ३ गतेसम्ममा उनले ४ लाख रुपैयाँ बुझाइसकेका थिए। 
    अस्पतालमा आफ्नो बिरामी नभएपनि उनी घरघरी बिरामी भएको ठाउँमा पुगेको नाटक गर्थे। नर्सरीमा उपचार गराइरहेका अरुका बच्चालाई देखाउँथे। रामचन्द्र पत्याउँथे। तर एक महिना बढी हुँदा पनि ती पाकिस्तानीले रकम फिर्ता गरेनन्। बहाना बनाउँदै टार्न थाले।

    साउन २० गते रामचन्द्रले अहमदलाई आफ्नो बिरामी देखाउन भने। तर, नर्सरीका बच्चा त्यो दिन अस्पतालले अन्यत्र सारिसकेको थियो। यो कुरा अहमदलाई थाहा थिएन। त्यसैले रामचन्द्रलाई बिरामी देखाउन भनेर अहमद त्यहाँ पुग्दा बच्चा नै थिएन। उनको झुट खुल्यो।

    अहमदबाट ठगिएका रामचन्द्र एक्ला होइनन्। त्यसअघि नै मंगलबजारका विकास शाक्य ठगीमा परिसकेका थिए। २०७६ कात्तिक १३ गते ललितपुरको महापा स्थित डी पाटन गेस्टहाउसमा पुगे अहमद।

    केही समय गेस्टहाउसमा बस्ने बताएका अहमदले ५ हजार २ सय २० रुपैयाँ एड्भान्स दिए। त्यसपछि गेस्टहाउसको कोठा नं १०४ मा बस्न थाले। २०७६ मंसिर ३० गते बाहिर निस्किएका अहमद बेलुका फर्किएनन्।

    होटलमा उनको ५५ हजार ३ सय ८९ रुपैयाँ बिल उठेको थियो। त्यसअघि माग्दा पैसा आउँछ अनि दिन्छु भन्दै टारेका अहमद होटलको बिल नतिरि हिँडे। विकासले अहमद नफर्किएपछि फोन गरे, तर सम्पर्क हुन सकेन। त्यसपछि उनले थाहा पाए ठगिएको।

    रामचन्द्रले जाहेरी दिएकै दिन साउन २० गते अहमदलाई प्रहरी परिसर ललितपुरले अस्पताल परिसरबाटै पक्राउ गर्‍यो। यो उनीविरुद्ध अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

    २०१० देखि अहमद नेपालमा थिए। नेपालमा पाकिस्तानी दूतावासबाट कागजातहरू पनि अहमदसँग भेटिए। ललितपुर प्रहरी चौकीले दूतावासलाई कागजातको सत्यता पुष्टि गर्न पत्र पठाएको छ।

    त्यस्तै दुई पासपोर्ट नम्बर पनि उनीसँगै भेटिए। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। २०१० मा फर्निचर कम्पनीको ब्रान्डिङका लागि नेपाल आएका अहमद धेरै पटक आएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १८ २०७८११:४६:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend