काठमाडौं– इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ ।
अहिलेसम्म दुई व्यक्तिलाई हिरासतमा लिइएको छ । स्थानीय मिडियाका अनुसार एक संदिग्धले दिएको जानकारी अनुसार किशोरीमाथि ३० भन्दा बढीले यौन सम्बन्ध स्थापित गरेको तर संदिग्धले बलात्कारको आरोप भने अस्विकार गरेका छन् । किशोरीलाई नशा दिएर बेहोस बनाएपछि बलात्कार गरिएको आरोप छ ।
पूरा इजराइलमा यो सामूहिक बलात्कार चर्चाको विषय बनेको छ । इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले जिम्मेवार व्यक्तिलाई सजाय दिइने बताए ।
गत शुक्रबार यी किशोरीले प्रहरीमा ऊजुरी दर्ता गराएकी थिइन् । इजराइली मिडियाको रिपोर्ट अनुसार यो महिनाको सुरुमा ती युवती आफ्ना साथीसँग एलात गएकी थिइन् । त्यहाँ उनले आफ्ना साथीले चिनेका मानिसहरुलाई भेटिन् । उनीहरु सबैजना सँगै ड्रिङ्क्सका लागि बाहिर गए र पुनः होटल फर्किए ।
आरोप अनुसार होटलबाट फर्किएपछि सबैले पटक–पटक ती किशोरीमाथि बलात्कार गरे । अधिकारीका अनुसार युवतीका साथीले उनलाई बचाउन कोसिस गरे तर उनीहरुलाई रोक्न सकेनन् ।
दुई संदिग्धलाई हिरासतमा लिइएको छ तर उनको पहिचान सार्वजनिक गरिएको छैन । स्थानीय मिडियाका अनुसार उनहरु सबै इजराइली नै हुन् र उनीहरुको उमेर २० वर्ष आसपास छ ।
टाइम्स अफ इजराइलका अनुसार प्रहरीले एक संदिग्ध र किशोरीबीच भएको मेसेजिङमा युवतीमाथि कथित ज्यादतीको भिडियो भेटेको छ ।
उनै संदिग्धले प्रहरीलाई उक्त घटनामा ३० भन्दा बढी व्यक्ति समावेश भएको तर सिक्योरिटी क्यामरा फुटेजबाट यो सबै सहमतिमा भएको प्रमाणित हुने उनको दाबी छ । इजराइलका रक्षामन्त्री बेनी गांट्जले यो कथित घटनाको आलोचना गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।