सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रदेश स्थापना दिवस मनाइने

प्रदेश स्थापना दिवस मनाइने

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०७७

  • 7.8K
    SHARES

  • प्रदेश स्थापना दिवस मनाइने

    कर्णाली- मुलुक संघीय संरचना जाँदै गर्दा कर्णालीले पुनः आन्दोलन गर्नु प¥यो । विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको प्रदेश सिमाङ्कनले कर्णाली ओझेलमा परेपछि सरकारको त्यो निर्णयबाट वर्तमान कर्णालीका नागरिक असन्तुष्ट बने । यहाँका नागरिकहरुको असन्तुष्टिकै कारण कर्णाली आन्दोलनमय बन्यो । जुन आन्दोलन १३ दिनसम्म निर्वाध भएको थियो ।

    विसं २०७२ साउन २४ गतेदेखि कर्णालीले आन्दोलन शुरु गर्यो । मध्यपश्चिम विकास क्षेत्रमा पर्ने १५ जिल्ला मध्य यहाँका १० जिल्लाले आन्दोलन सञ्चालन गरे । कर्णालीमा सञ्चालन भएको १३ दिनको आन्दोलनको प्रकृति एउटै भएपनि उद्देश्य भने फरक थियो । सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम सेती महाकालीमा गाभिन चाहँदैनथे ।

    हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालीकोटमा भएको आन्दोलनको उद्देश्य करिब उस्तै थियो । मूलतः साविकको कर्णाली भने विशेष अधिकारसहितको स्वायत्त प्रदेशको माग गरिरहेको थियो । यो सुदूरपश्चिम प्रदेशसँग मात्र होइन, हाल कर्णालीको तल्लो भागमा पर्ने पाँच जिल्लासँग पनि गाभिन चाहँदैनथ्यो । यद्यपि आन्दोलन भने सबै जिल्लामा चर्किरहेको थियो । 

    सबै जिल्लामा भएको कर्णाली आन्दोलन मध्य जुम्ला र सुर्खेतमा भएको आन्दोलनले चरम स्वरुप लिएको थियो । सबै क्षेत्र तथा तहको साझा सहभागितामा भएको आन्दोलनबाट विभिन्न जिल्लाका सरकारी संरचनामा क्षति पुग्दै गयो । भौतिक तथा मानवीय क्षति हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गरिरहेको थियो ।

    आन्दोलनले झनै चर्को रुप लिँईरहेको थियो । सुर्खेतले अखण्ड मध्यपश्चिम नारा लगाईरहँदा जुम्लाले विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेश माग गरेको थियो । सुर्खेतमा चलेको आन्दोलन बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्दा साउन २५ गते सुर्खेतका यामबहादुर बिसी, गोपालसिङ रजवार र टिकाराम गौतमले ज्यान गुमाएका थिए ।

    साविकको कर्णालीले भने ‘खान्नौ रोटी, जान्नौ डोटी’ नारा लगाउँदै अलग्गै कर्णाली प्रदेश घोषणा गर्नुपर्ने माग राखेर गरेको आन्दोलन नियन्त्रण भन्दा बाहिर गएपछि आन्दोलनलाई नियन्त्रण लिन प्रहरीले गोली प्रहार गर्दा साउन ३१ गते जुम्लाका हरिबहादुर कुँवर गम्भीर घाईते भए । उनीसँगै जुम्लाका पवित्रा महतारा, पदम बुढ्थापा, राजबहादुर महत, छक्क कार्कीलगायत घाईते भएका थिए ।

     गम्भीर घाईते भएका कुँवरलाई उपचारार्थ काठमाडौं शिक्षण अस्पतालमा लगेको चार दिनपछि भदौ ४ गते चार आजकै दिन तत्कालिन प्रधानमन्त्री तथा हालका बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र राजनीतिक सहमतिले राप्तीका दुई, भेरीका तीन र साविक कर्णालीका पाँच जिल्लासहितको नयाँ प्रदेशको निर्णय गरेपछि ६ नं प्रदेशको जन्म भएको थियो ।

    प्रदेश संरचना निर्माणका क्रममा तत्कालीन सरकारले भेरीका तीन, कर्णाली र राप्तीका दुई जिल्ला, सुदुरपश्चिमका सेती र महाकालीसहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो । घाईते कुँवरलाई भने सरकारले भदौ ६ गते मृत्यु भएको घोषणा गरेको थियो । 

    यो आन्दोलनमा उनीसँगै सुर्खेतका तीन जनाले बीरगति प्राप्त गरेका थिए । चारै जनालाई नेपाल सरकारले शहीद घोषणा गरेको थियो । यही दिनलाई कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा आज मनाउनुका साथै प्रदेशभर सार्वजनिक विदासमेत दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ४ २०७७१०:३२:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend