दुई हप्तायता संक्रमण शुन्यमा झरेसँगै बेइजिङले घरबाहिर निश्कदा मास्क अनिवार्य लगानु पर्ने नियम तोडेको छ ।
अब, बेइजिङमा नागरिकले घर बाहिर निश्कदा मास्क नलगाए पनि हुने भएको हो ।
मास्क नलगाउनु पर्ने स्थिती आएसँगै जनजीवन सामान्य बन्दै गएको छ। बेइजिङ सेन्टर फर डिजिजेज प्रिभेन्सन एन्ड कन्ट्रोल सीडीसीले बिहिबार जारी गरेको सूचनाअनुसार बेइजिङमा एकजना हिँड्दा अथवा साथीहरुसँग मात्र रहँदा मास्क लगाउन बाध्यकारी पारिएको छैन।
बेइजिङले घर बाहिर निस्कँदा मास्क अनिवार्य नगरेपछि कोरोना जितेको संकेत दिएको बताइएको छ।
यद्यपी विश्व स्वास्थ्य संगठनले कोरोनाको खोप उपलब्ध नभइन्जेल मास्क अनिवार्य लगाउनुपर्ने बताएको छ । एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।