सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

हरित जलवायु कोष’द्वारा नेपाललाई ३ अर्ब  सहयोग

हरित जलवायु कोष’द्वारा नेपाललाई ३ अर्ब  सहयोग

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०७७

  • 5.5K
    SHARES

  • हरित जलवायु कोष’द्वारा नेपाललाई ३ अर्ब  सहयोग

    काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) ले नेपालको जलवायु परिवर्तनका क्षेत्रमा रु तीन अर्ब भन्दा बढी अनुदान सहयोगको परियोजना स्वीकृत गरेको छ । 

    कोषले नेपालको गण्डकी नदी जलाधारमा जलवायु परिवर्तनको अनुकूलनका क्षेत्रमा २७ दशमलव चार मिलियन अमेरिकी डलर अनुदान सहयोग गर्ने प्रस्ताव बुधबार स्वीकृत गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 

    परियोजना सो क्षेत्रका १९ जिल्लामा लागु हुनेछ ।   

    वन र अर्थ मन्त्रालयले मिलेर उक्त सहयोग परिचालनका लागि मोडालिटी तयार गर्ने र सो रकम जलवायु परिवर्तनको अनुकूलनका क्षेत्रमा खर्च गरिने वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा। महेश्वर ढकालले जानकारी दिए । 

    कोषबाट औपचारिक जानकारी मन्त्रालयमा आएपछि सम्बन्धीत साझेदारसँग बैठक गरी खर्च र कर्मचारीको मोडालिटीलगायत आवश्यक विषयमा सल्लाह गरेर परियोजनाले अन्तिम रुप पाउने उहाँले बताए । 

    यो प्रक्रियामा झण्डै छ महिनादेखि एक वर्ष लाग्ने मन्त्रालयको अनुमान छ ।

    परियोजनाले पानी, वन, कृषि, साना तथा लघु उद्यमलगायत जनताका आधारभूत आवश्यकतामा काम गर्नेछ । स्थानीय जनताको आर्यआर्जन, रोजगारीका विषयसँग सम्बन्धीत भएर महिला आदिवासी÷जनजाति सबैको सहभागितामा परियोजना सञ्चालन गरिनेछ । 

    विश्वका विकसित राष्ट्रहरुले आफ्नो विकास गर्ने क्रममा कार्बन ग्याँस उत्सर्जन गर्दा पृथ्वीको तापक्रम बढेपछि त्यसको असरले नेपाल जस्ता अति कम विकसित साना मुलुकका गरिब जनता बढी जोखिममा परेका छन् । 

    त्यस्ता जोखिमबाट मुक्त बनाउन र जोखिमसँग अनुकूलित भएर बाँच्नका लागि उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कोषको स्थापना भएको हो ।

    उक्त सहयोग कार्यान्वयन गर्ने निकाय अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) हो । 

    परियोजनाको आवश्यक प्रक्रिया पुरा गरी लक्षित समुदाय पहिचान गर्न र विभिन्न समिति बनाई कार्यान्वयन गर्न कम्तिमा छ महिना समय लाग्ने आइयुसिएनका राष्ट्रिय प्रतिनिधि प्रल्हाद थापाले जानकारी दिनुभयो । उनका अनुसार पहिलो वर्ष १० प्रतिशत रकम खर्च हुनेछ । परियोजनाको अवधि सात वर्षको छ ।

    नेपाल सरकारले यस परियोजनाका लागि सन् २०१७ फेब्रुअरी दुईमा आइयुसिनको प्रविधिक सहयोगमा ‘आइडिया पेपर’ पेश गरी प्रक्रिया आरम्भ गरेको थियो । 

    यस अघि झण्डै छ महिना अघि नेपालले पहिलो पटक एफएओमार्फत हरित जलवायु कोषबाटै करिब रु चार अर्बको अनुदान सहयोग प्राप्त गरेको थियो । सो परियोजना वाग्मतीदेखि मेचीसम्म चुरे क्षेत्रमा काम गर्ने गरी सहयोग प्राप्त गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ४ २०७७०७:०४:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend