काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप सात सय सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
योअवधिमा ११ हजार आठ सय ३२ जनाको नमुना पिसिआर बिधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बिहीबार दुई सय ६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको जानकारी दिए ।
हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार नौ सय ६४ पुगेको छ । संक्रमणमुक्त हुने दर ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितको संख्या भने ११ हजार पाँच सय ५५ सक्रिय संक्रमित रहेको गौतमले बताए
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।