घरपालुवा कुकुरलाई दैनिक दुई पटक गरेर कम्तीमा एक घण्टा डुलाउनै पर्ने कानुन बन्ने भएको छ ।
जमर्नीले लागु गर्ने भएको यो कानुनको मस्यौदा तयार भइसकेको छ । कानुन अनुसार लामो समयसम्म कुकुरलाई सिक्रीमा बाँधेर राख्न पनि प्रतिबन्ध लगाइने प्रावधान छ।
एक पटकमा तीनवटा भन्दा धेरै जनावर पाल्न नदिने गरि 'कुकुर फार्म'माथि प्रतिबन्ध लगाउने योजना पनि कानुनमा राखिएको छ।
कानुन परिवर्तनको योजनबारे कृषिमन्त्री युलिया क्लोकनरले भनिन्, 'घरमा पालेका जनावर टाँसेर राख्ने खेलौना होइनन्, उनीहरूको आवश्यकताको ख्याल गरिनुपर्छ।'
कानुनमा गर्न लागिएको सुधारमा कुकुरपालकहरूले अनिवार्य रूपमा गर्नुपर्ने कुराहरू समेटिएका छन्।
कुकुरलाई दिनदिनै बाहिर डुलाउनु पर्ने व्यवस्था गरिएको त्यसैमा हो। जसअनुसार दिनमा दुई पटक कम्तिमा एक घण्टा घुमाउनु पर्नेछ। बीबीसी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।