भारतको राष्ट्रिय झण्डा च्यातेको आरोपमा भारतमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
देशको पश्चिम बंगाल राज्य अन्तर्गत पर्ने नाडिया जिल्लाबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जनाएको छ।
धन्तला प्रहरी चौकीका प्रहरीले बुधबार चन्चल विश्वास नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
भारतमा राष्ट्रिय झण्डा च्यात्ने वा नष्ट गर्ने कार्यलाई कानुन अनुसार दण्डनीय मानिन्छ। पिटिआई
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।