सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सरकारले सुरु गर्याे संक्रमितको घरदैलोमा जाने अभियान

सरकारले सुरु गर्याे संक्रमितको घरदैलोमा जाने अभियान

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०७७

  • 3.1K
    SHARES

  • सरकारले सुरु गर्याे संक्रमितको घरदैलोमा जाने अभियान

    बुटवल- कोरोना भाइरस सङ्क्रमितको मनोवल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनि  गरेको छ । भाइरसको सङ्क्रमण समुदायमा बढदो अवस्थामा रहेको जनाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि उपमहानगरपालिकाले नगर क्षेत्रमा पूर्णरुपले बन्दाबन्दी ९लकडाउन० जारी गरेको छ । 

    कोरोना सङ्क्रमितहरु उपमहानगरले सञ्चालन गरेका आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका सङ्क्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई समेत सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएको छ ।

    होम आइसोलेशनमा राखिएका  सङ्क्रमित र तिनका परिवारलाई भेट्न उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घर घरमा पुगेका छन् । उनले सङ्क्रमितको मनोवल बढाउन स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र आयुर्वेद औषधि समेत लिएर सङ्क्रमितका घरमा भेटघाट थालेका छन् ।

    विभिन्न परिस्थितिमा सङ्क्रमित  हुन पुगेका र स्वास्थ्य सावधानीसहित होमआइसोलेशनमा बसेहरुलाई घरदैलोमै पुगेर स्वास्थ्यलाभको कामना गरिएको  उनले बताए । उनले भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाएको र अरुलाई पनि अपनाउन अपील गरेका छन् ।

    नगरप्रमुख सुवेदीले बुधबार नगर क्षेत्रका विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका सङक्रमितलाई घरमै पुगेर भेटघाट गर्नुभएको उपमहानगरपालिकाले जनाएको छ । यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेमा समेत सुरक्षा प्रवन्धसहित जानकारी गराउने गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

    होम आइसोलेशनमा घरमा सुरक्षित रुपमा बसिरहेका बेलामा गेटमा एक्कासी मेयरसहतिको टोली ओखतीको पोको बोकेर आउँदा एकदमै खुशी लागेको बुटवल–११, का एक सङक्रमित पुरुषले जानकारी दिए । उनले यस्तो अभियानले हरेक सङक्रमितको मनोबल उँचो बनाउने बताए । 

    प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत  शर्मा, होम आइसोलेशन रहेका सम्बन्धित वडाका अध्यक्षहरु रामचन्द्र क्षेत्री, नारायणप्रसाद पुन र उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहसहितको टोलीले सुरक्षा प्रबन्धसहित सङक्रमितको स्वास्थ्य लाभको कामना गर्न होम आइसोशनमा पुगेका हुन् ।

    बुटवलमा मात्रै बुधबारसम्म एक सय २७ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । तीमध्ये केही त बुटवल उपमहानगरपालिकाकै कर्मचारीसमेत छन् । उनीहरु सबै आइसोलेशनमा राखिएका छन् भने उनीहरुको परिवारमा पनि परीक्षण भइरहेको छ । 

    उपमहानगरपालिकाले पछिल्लो समयमा बजारको भीड नियन्त्रण गर्न समेत नयाँ मापदण्ड बनाएर कडाई गरिरहेको छ । सचेतनाका कार्यक्रम र टोलटोलमा स्वयंसेवक समेत परिचालन गर्दै नियन्त्रणका काम प्रभावकारी बनाउन लागिएको नगर प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ४ २०७७०४:२८:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend