सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बालुवाटामा नेकपा कार्यदलको बैठक, के भयो छलफल ?

बालुवाटामा नेकपा कार्यदलको बैठक, के भयो छलफल ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०७७

  • 5.9K
    SHARES

  • बालुवाटामा नेकपा कार्यदलको बैठक, के भयो छलफल ?

    काठमाडौं - नेकपाभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

    महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठक दिउँसो २ बजेको हो ।


    गत शुक्रबार गठन गरिएको कार्यदलको बैठक शनिबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीको भैँसेपाटीस्थित निवासमा बसेको थियो।

    त्यसपछि आइतबार अनौपचारिक छलफल गरेका कार्यदल सदस्यले सोमबार बैठक राखेनन्।

    मंगलबार र बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा कार्यदलको बैठक बसेको थियो। छिट्टै प्रतिवेदन बुझाउने तयारीसहित कार्यदलले कामलाई तीव्रता दिइरहेका बेला बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारभित्रै बसेको छ। छलफलले के निर्णय गर्याे भन्ने कुरा बैठक सकिएपछि थाहा हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ४ २०७७०४:०९:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend