काठमाडौं–निषेधाज्ञा उल्लंघन गर्ने दुई सय बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोटेश्वर, बानेश्वर, जावलाखेललगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
पक्राउ परेका सवारीसाधनलाई भोलिदेखि ननिस्कन अनुरोध गरी साँझ छाडिने गौतमले बताए। महानगरीय प्रहरी परिसर काठमाडौंले अनावश्यक काममा निस्केका मानिसहरूलाई घर फर्काइएको जनाएको छ।
पटक–पटक उल्लंघन गरे संक्रामक रोग ऐनअनुसार कारबाही गरिने परिसरले जनाएको छ। प्रशासनले काठमाडौं उपत्यकाभर सात दिनका लागि आजैबाट निषेधाज्ञा जारी गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।