काठमाडौं–राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ ।
गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट शान्तबहादुर योन्जनलाई नियन्त्रणमा लिएरपछि पक्राउ संख्या १० पुगेको हो ।
सो समूहले मकवानपुरमा सुटिङ गरेको म्यूजिक भिडियोमा ब्राम्हण र क्षेत्री समुदायलाई घृणा फैलाउने अश्लिल गाली गरिएको छ ।
‘देशद्रोही’ शीर्षकको सो भिडीयो सोमबार ‘मंगोल हप अफिसियल’ नामका युट्युव च्यानलबाट अपलोड गरिएपछि विवादमा परेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।