सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीकै अगाडि रक्षामन्त्री र पर्यटनमन्त्रीबीच लफडा, बालुवाटारमा तनाब

ओलीकै अगाडि रक्षामन्त्री र पर्यटनमन्त्रीबीच लफडा, बालुवाटारमा तनाब

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०७७

  • 7.2K
    SHARES

  • ओलीकै अगाडि रक्षामन्त्री र पर्यटनमन्त्रीबीच लफडा, बालुवाटारमा तनाब

    काठमाडौं- कोरोना संक्रमणको फैलँदो अवस्थालाई कसरी नियन्त्रणमा राख्ने भने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निवास बालुवाटारमा सिसिएमसीको बैठक बोलाएका थिए ।

    बैठकका सिसिएमसीका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच चर्काचर्की भएपछि तनाब भएको हो ।

    बैठकको सुरुमै मन्त्री भट्टराईले पाँचौ चरणको यात्रुवाहक चार्टर उडान रोकिएको कारण सोधे । त्यसक्रममा नेपाल एयरलाइन्सबाट नेपाल आउन तयारी अवस्थामा विमानस्थलसम्म आइपुगेका यात्रुलाई रोक्नु र इस्तानाबुलबाट आउने टर्किस एयरलाई चाँहि नरोक्नुभित्रको खेल के हो भन्दै प्रश्न गरेका हुन् ।

    उनले एक्कासी किन यात्रुवाहक चार्टर उडान बन्द भयो ? युरोप अमेरिका हुँदै इस्तानबुलबाट आउन पाउने, तर दुबइबाट दुखमा परेका नेपालीले किन आउनन नपाउँने भन्दै प्रश्न गरेका थिए ।

    उता रक्षा मन्त्री पोखेरलले भने सबैको सल्लाहमा नै निर्णय भएको दाबी गर्दै विदेशबाट आएका नागरिकलाई राख्ने क्वारेन्टाइनको व्यवस्था नभएको भन्दै तत्कालका लागि रोक्नु परेका जवाफ दिएका थिए।

    तर मन्त्री भट्टराईले भने, मंगलबार बिहान सवा ९ बजे काठमाडौं आइपुग्ने जहाजमा यात्रु आउन नदिने र दिउँसो पौन ४ बजे आउने जहाजलाई कसरी यात्रु ल्याउन दिइने कुरामा प्रश्न गरेका थिए ।

    दुई मन्त्रीबीचको चर्काचर्कीकाबीच प्रधानमन्त्री ओलीले यसबारे थप अध्ययन हुने भनेपछि दुवै मन्त्रीहरू शान्त भएको जनाइएको छ ।

    दुबईबाट बिहान आउन लागेको जहाजलाई क्वारेन्टिन छैन् भन्दै रोकिएको थियो । तर, बेलुका इस्तानबुलबाट आउने जहाजलाई भने आउन दिनुमा व्यापारिक स्वार्थ रहेको  स्रोतको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७१०:३७:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend