काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमएसी)को बैठक बसिरहेको छ।
कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन विज्ञहरुसहित बैठक बसेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी सो बैठक साँझ पौने ७ बजेदेखि सुरु भएको हो।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको सो समितिले कोरोना संक्रमण फैलिन नदिन थप योजनासहित प्रधानमन्त्री ओलीलाई व्रिफिङ गर्नेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।