अछाम- गएराति अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । शव भटिएका मध्ये तीन जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सनाखत भएकामा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष १५ को रोसन साउद, सोही वडा बस्ने वर्ष ३३ की गौरी शाह र वर्ष ४८ का चन्द्र साउद रहेका छन् ।
शव भेटिएका अन्य तीन जनाको सनाखत हुँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बगेर बेपत्ता भएकाको खोजी कार्यका लागि आज दिउँसोदेखि नेपाली सेनाको एआइ १७ नामक हेलीकप्टर परिचालन भएको छ ।
गएराति कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पशल सहित १७ जना बगाएको थियो ।
खोलामा अहिले सम्म पनि ठूलो बाढी भएका कारण खोजी कार्यमा निकै समस्या हुँदै आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।