सुतिरहेको श्रीमानलाई चक्कु हानेर हङकङमा एक महिलाले १६ औं तलाबाट हाम फालेर आत्महत्या गरेकी छन् ।
बुधबार हङ लोक हाउसको १६ औं तलाको फ्लयाटमा यो घटना भएको हो । चान थर गरेका ६५ वर्षका वृद्ध श्रीमानलाई चक्कुले आक्रमण गरेर ५० वर्षकी महिलाले १६ औं तलाको फ्ल्याटको झ्यालबाट हाम फालेकी हुन् ।
महिलाले श्रीमानलाई किन आक्रमण गरिन् भनेर हालसम्म पत्ता लाग्न सकेको छैन।
घाइते अवस्थामा फ्ल्याटमा भेटिएका वृद्धको ट्युन मुन अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।