काठमाडौं- नेकपाका संघिय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अछाम क्षेत्र नम्बर २ का सांसद बोगटी कोरोना संक्रमण देखिएपछि उनी कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।

हाल ललितपुरमा बस्दै आएका स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनलाई साउन ३१ गते गरिएको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
तर मंगलबारको अर्को परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो । यससंगै कोरोना संक्रमण पुष्टि हुने सांसदको संख्या ३ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।