सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंको गोंगबुबाट १७ वर्षिया बालिका बेचिइन्, घटनाकाे नालीबेली !

काठमाडौंको गोंगबुबाट १७ वर्षिया बालिका बेचिइन्, घटनाकाे नालीबेली !

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०७७

  • 5.5K
    SHARES

  • काठमाडौंको गोंगबुबाट १७ वर्षिया बालिका बेचिइन्, घटनाकाे नालीबेली !

    काठमाडौं- १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर भारतमा लगेर बेचेको आरोपमा  एक युवा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका-३ खरानीटार घर भई तारकेश्वर नगरपालिका( २ काभ्रेस्थली बस्ने २२ वर्षीय राजु तामाङ रहेका छन् ।

    मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी शम्भुप्रसाद ढकालका अनुसार तामाङले पीडित बालिकालाई माया गर्ने, पछि विवाह पनि गर्ने भनी प्रलोभन देखाई गोंगबुस्थित फेसबुक गेस्ट हाउसमा लगी पटक पटक बलात्कार गरेको खुलेको छ ।

    त्यसपछि तामाङले बालिकालाई आफ्नो साथीको जिम्मा लगाएको र साथीले गोंगबुबाट ट्याक्सी चढाई चितवनको नारायणघाट हुँदै काकडभिट्टा सीमा नाका पुर्‍याएर भारतीय अपरिचित पुरुष व्यक्तिको जिम्मा लगाएर नेपाल फर्केका थिए। 

    पछि भारतीय पुरुषबाट उम्केर नेपालीको सहयोगमा गत असोजमा कैलाली पुगेकी ती बालिकालाई ‘साना हाल नेपाल’ नामक संस्थाले मनोपरामर्श सेवा दिएर आफन्तलाई जिम्मा लगाएको थियो ।

    यही कसुरमा फरार रहेका तामाङलाई ब्यूरोले पक्राउ गरेको हो। पीडित बालिकाले गत साउन २९ गते यही घटना विवरण बताउँदै ब्यूरोमा उजुरी दिएकी थिइन्। उनैको उजुरीको आधारमा तामाङलाई भदौ १ गते ब्यूरोको टोलीले पक्राउ गरेको हो। 

    मानब बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०३:३२:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend