आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जेलबाट भागेका ११ कैदीलाई प्रहरीद्वारा गोली प्रहार, सबैकाे मृत्यु !

जेलबाट भागेका ११ कैदीलाई प्रहरीद्वारा गोली प्रहार, सबैकाे मृत्यु !

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 16.9K
    SHARES

  • जेलबाट भागेका ११ कैदीलाई प्रहरीद्वारा गोली प्रहार, सबैकाे मृत्यु !

    जेलबाट सामूहिक रूपमा कैदी भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको छ ।  घटना पपुवा न्यूगिनीको हो ।

    पपुवा न्यू गिनीको गृह प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिरामी कैदीलाई उपचारको लागि अस्पताल लाने क्रममा बन्दीगृहको गेट खोलेको मौका पारी कैदीहरूले सामुहिक रूपमा भाग्ने क्रममा जेल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कर्तव्यपालनाको शिलशिलामा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने ३६ जेलबाट भाग्न सफल भएका छन् । उनीहरू समाचार तयार पार्दासम्म फरार रहेका  छन् ।’ 

    उक्त समूहले जेलको सुरक्षार्थ खटिएका एक ड्युटी अफिसरलाई चक्कू प्रहार गरी जेलबाट बाहिर भागेका थिए ।

    पपुवा न्यूगिनीमा सन् २०२० मा जेलबाट भाग्न गरिएको चौथो ठूलो घटना हो ।  यस पहिले जनवरीमा बुइमो जेलबाट १६ कैँदी जेल तोडी भागेका थिए । त्यस्तै सन् २०१७ मा भएको यस्तै एक घटनामा परी १७  व्यक्तिको मृत्यु भएको थियो । 

    सुरक्षाकर्मीले भाग्न लागेको समूहलाई रोक्न खोज्दा झडप भएपछि चलाइएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको सुधार गृहका आयुक्त स्टीफन पोकानिसले पुष्टि गरे । 

    उनले मङ्गलबार एएफपीसँग भने, ‘हामीले आफ्नो तथ्याङ्कलाई अद्यावधिक गरेका छौं । जेल तोड्ने कार्यमा ४७ जनाको सम्लग्नता रहेको पाइएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको छ भने अन्य फरार रहेका छन् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:२२:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend