काठमाडौँ- गायक मोहन खड्का र गायिका सन्ध्या बुढाको आवाजमा 'नौ जाले मायाले...' रिलिज भएको छ । सर्जक नेत्र अर्यालको शब्दलाइ टपक्क टिपेर गायक तथा संगीतकार खेम सेन्चुरीले गीतलाई संगीत गरेका छन् ।
गीतमा कृष्ण बिक (भान्जा ) को संगीत संयोजन रहेको छ । मेरी आमा म्युजिक प्रालिले सार्बजनिक गरेको उक्त गीतले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाएको छ ।
निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा मोडल करिश्मा ढकाल र लोमश शर्माको मोडलिङ देख्न सकिन्छ । भिडियोमा कोरोस डान्सर समेत प्रयोग भएको छ ।
भिडियोमा बिक्रम चौहानको कोरियोग्राफी, प्रकाश खड्काको छायांकन र लक्ष्मण चौहानले सम्पादन छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।