सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रसियाले भन्यो : कोरोनविरुद्धको खोप छिट्टै नेपाललाई दिन्छौं

रसियाले भन्यो : कोरोनविरुद्धको खोप छिट्टै नेपाललाई दिन्छौं

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 8.0K
    SHARES

  • रसियाले भन्यो : कोरोनविरुद्धको खोप छिट्टै नेपाललाई दिन्छौं

    काठमाडौं- मंगलबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा उनीहरुबीच कुराकानी भएको हो ।

    भेटका क्रममा राजदूत एलेक्सीले रुसले तयार पारेको कोरोनाविरुद्धको खोप नेपाललाई छिट्टै वितरण गर्नका लागि पहल गर्ने बताएका छन् ।
     रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गर्दै यस्तो बताएका हुन् ।

    रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरमा विश्व बजारमा आउनेछ। नेपाललाई प्राथमिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,’ राजदूत नोभिकभले भने । 

    राजदूत नोभिकभले नेपाल र रसियाबिच कूटनीतिक सम्बन्ध स्थापनादेखि सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताए ।

    त्यस्तै भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। 

    उनले भने, ‘विश्वका विभिन्न मुलुकहरू कोरोना भाइरसको भ्याक्सिनको खोजीमा लागिरहेका छन्। हालै रुसमा यसको सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको छ।’

    त्यस्तै रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्‍याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएकोमा तिमिल्सिनाले खुसी व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७०७:०९:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend